नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व संसदीय दलका नेता राजीव कोइरालाले वर्तमान सरकारको नैतिकता र औचित्य समाप्त भइसकेको बताएका छन्। उनले सरकार गठनका बेला सातबुँदे सहमतिको आधारमा गरिएको प्रतिबद्धता अनुसार जनअपेक्षा अनुरूप काम गर्न असफल भएको टिप्पणी गरे।

ूसरकार जनताको भावना अनुसार अघि बढ्न सकेन, बरु उल्टै निरङ्कुश प्रवृत्ति अंगाल्दैछ, कोइरालाले भने। उनले हालै जेएन जेटका विद्यार्थीहरुद्वारा सुरु गरिएको भ्रष्टाचार विरोधी आन्दोलनमाथि सरकारले दमन गरेको भन्दै कडा आलोचना गरे।

कोइरालाका अनुसार देशभरिका युवा तथा विद्यार्थीहरूले सरकारको अकर्मण्यता, भ्रष्टाचार, र दमनकारी चरित्रको विरोधमा आवाज उठाइरहेका छन्, तर सरकार त्यसलाई सुन्ने र सम्बोधन गर्ने सट्टा दमनमा उत्रिरहेको छ।

ूप्रशासनले आन्दोलन दिनभरि शान्तिपूर्ण रुपमा गर्न दिइरहँदा बेलुकाको समयमा बल प्रयोग गरेर प्रदर्शनकारीहरूमाथि दमन गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो,ू उनले सुनसरीको इटहरीमा भएको घटनालाई उल्लेख गर्दै भने। उनका अनुसार प्रशासनले संयमता गुमाउँदा झडप र हिंसा निम्तिएको हो।

 ूसरकार जनउत्तरदायी बन्ने हो भने अहिलेको संकट समाधान गर्नका लागि प्रधानमन्त्रीको राजीनामामै जाने बाटो उपयुक्त देखिन्छू उनले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमाथि जनविश्वास समाप्त भएको समेत टिप्पणी गरे।

कोइरालाले देशभर फैलिएको भ्रष्टाचार, बेरोजगारी, शिक्षा प्रणालीको असफलता, र राज्य संयन्त्रको जनविरोधी क्रियाकलाप विरुद्ध उठेका जनआन्दोलनलाई  लोकतान्त्रिक मूल्यको संरक्षण गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।काेईरालाले आन्दोलनमा घाई भएकाको पुर्ण स्वास्थ्य लाभकाे कामना गर्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।