अल स्पोट्स कलेक्सनको आयोजनामा सुनसरीको इटहरीमा अन्तर–विद्यालय  खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । यहि भदौ ९ र १० गते दुई दिन चल्ने प्रतियोगितामा सुनसरी जिल्ला भरीरहेका १६ वटा बिद्यालये सहभागिता रहने कार्यक्रम संयोजक बिरेन्द्र कुमार गुरुङ्गले जानकारी दिएका छन् ।  

उक्त प्रतियोगिताको विजेताले नगद तिस हजार रुपैयाँ ट्रफि र मेडल प्राप्त गर्नेछन् भने दोस्रोले बिस हजार रुपैयाँ ट्रफि र मेडल पाउनेछन् । उक्त प्रतियोगिताको उत्कृष्ट प्लेयरले स्मार्ट साईकल पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । 

नेपालमा फुटसलको क्रेज बढिरहँदा जिल्लाभरी  छरिएका नबखेलाडीहरु लाई  हौसला प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरीएको अलस्पोट कलेक्सनका प्रोप्राईटर बिमल मगरले बताए । मगरले प्रत्येक बर्ष अल स्पोट्स कलेक्सनले अन्तर बिद्यालय स्थरीय खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्ने गरेको बताएका छन् । उनले यस्ता कार्यक्रमले विद्यालयहरुबीच भाईचाराको सम्बन्ध पनि स्थापित हुने जिकिर गरेका छन् । मगरले कार्यक्रमको अनुमानीत खर्च करिब तिन लाख पुग्ने जानकारी दिएका छन् । 

adb88183-cb14-402a-bae1-ab369d0d14f6