इटहरी । इटहरीमा प्रत्येक बर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राको तयारी पुरा भएको छ । इटहरी ९ मा रहेको श्री राधाकृष्ण मन्दिरमा भब्य श्रीकृष्ण जन्माष्टमी गर्ने र भोली पल्ट विशाल भक्तजनको उपश्थीतिमा रथयात्रा निकालीने श्रीकृष्ण जन्माष्टमी रथ यात्रा कार्यत्रलमका संयोजक कृष्ण खड्काले बताउनु भएको छ ।  

खड्काले रथयात्रा  सम्पन्न गर्न बिभिन्न उपसमितिहरू गठन गरिएको बताउनु भएको छ । रथयात्राको व्यवस्थापनका लागि  भने ५ सय बढी स्वयंसेवकहरू छनौट गरिएको जानकारी दिनुभएको छ ।  

इटहरीमा निकालीने रथयात्रामा इटहरीका भक्तजन मात्रै नभई आसपासका पालीकाहरु बाट समेत भत्तालुहरु आउने गरेका छन् । संयोजक खड्काले रथयात्राको व्यवस्थापकीय कार्यहरू पुरा भइसकेको र रथको  शृङ्गार कार्य भइरहेको जानकारी दिनुभएको छ । 

मन्दिर परिसरबाट मंगलबार दिउँसो ४ः३० बजेपछि रथयात्रा प्रारम्भ हुने समितिले जानकारी दिएको छ । रथले मन्दिर परिसरबाट मेन रोड (बिराटनगर लाईन बाट धरान लाईन तर्फ ) हुँदै इटहरी बिरेन्द्र चौक पुगी पश्चीम मोड लिई ट्राफिक चौक पूग्ने र पुन मोडिएर इटहरी बिरेन्द्र चौक आई धरान रोड हुँदै  आर्मी क्याम अगाडी पुग्ने आयोजकले बताएको छ । आयोजकले आर्मि क्याम बाट पुन इटहरी बिरेन्द्र चौक आई पुर्ब मिलन चौक पुग्ने र मिलन चौक बाट पुन बिरेन्द्र चौक आई राधाकृष्ण मन्दिर पुग्ने र लाखे विसर्जन गरिने कार्यक्रम तय भएको कार्यक्रम संयोजक कृष्ण खड्काले जानकारी दिनुभएको छ । 

यात्राका क्रममा रथलाई १५ स्थानमा रोकिने छ । श्रद्धालु र भक्तजनका लागि रथ तान्न दुवैतर्फ १००—१०० फिटको डोरी राखिएको छ । सबैले तान्न मिल्नेगरीको ब्यवस्थापन मिलाईएको संयोजक खड्काले जानकारी दिनु भएको छ ।