सुनसरी, साउन १६ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार शुक्रबार बिहान ५:३० बजेदेखि कर्फ्यु हटाइएको हो।
यद्यपि इटहरी, रामधुनीका तोकिएका क्षेत्र तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका तोकिएका क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।




















