भारतको राजधानी दिल्लीको जैतपुरमा मन्दिरको भित्ता भत्कँदा सातजनाको मृत्यु भएको छ । दिल्ली–एनसीआरमा शनिबार बिहानदेखि भारी वर्षा जारी छ । वर्षासँगै धेरै क्षेत्रमा पानी जमेको छ ।

दक्षिण–पूर्वी दिल्लीकी अतिरिक्त डीसीपी ऐश्वर्या शर्माका अनुसार, रातिदेखिको भारी वर्षाका कारण तीनदेखि चार फिट पानी जमेपछि जग कमजोर भएर बिहान ९ः१४ बजे भित्ता भत्किएको थियो ।  भित्ता भत्किएर पुरिएका आठजनालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । तीमध्ये हाल केवल एकजना जीवित रहेको र उनको उपचार भइरहेको डीसीपी शर्माले बताइन् ।