जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।  नलगाड नगरपालिका(१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर बोहोराका अनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै मत्यु भएको जानकारी दिए । 

सोही स्थानमा पाँच दिन अगाडि मात्रै एक महिलाको लडेर मृत्यु भएको थियो । नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले दुई सातामा नलगाड नगरपालिकामा मात्र दुई साता भित्र रुख र भीरबाट लडेर तथा नदीमा बगेर १० जनाको मृत्यु भइसकेको बताउनुभयो ।  उहाँले पशुपालन व्यवसाय गरेका किसानहरू रुख र भीरमा घाँस काट्न गएको बेला लड्ने समस्या अत्यधिक बढेको पनि बताए ।