सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार सुनसरीको कोशी गाउँपालिका(१ स्थितमा लागुऔषध बेचबिखन भइरहेको छ विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नेपाली रुपैयाँ सहित कोशी गाउँपालिका(४ का ३४ वर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ वर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा(४ बाट वराहक्षेत्र नगरपालिका(२ का २० वर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका(७ का ३२ वर्षीय विजय मगर, अर्जुनधारा( ३ का जीवन चौलागाई र अर्जुनधारा( ४ का २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिर्तामोड नगरपालिका( ५ का २४ वर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।




















