देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका(११ बनरापुलस्थित सडकमा सु।प।प्र।०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका(७ पिताम्बर बस्ने ४४ वर्षीय गजेन्द्र बहादुर कुवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

सर्लाही, हरिपुर्वा नगरपालिका(९ मिर्चैया चोकमा ज।५ प २२०८ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय अशोक यादव भन्ने नन्दलाल राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनाम घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल श्रीनगर बजारमा उपचार भइरहेको छ । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका(१ सिण्डिगेटस्थित सडकमा बा।७८ प २८८९ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा स्कुटरमा सवार रौतहट चन्द्रपुर नगरपालिका(६ चपुर बस्ने २५ वर्षीया जुनु तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो हस्पिटल परवानिपुर बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।