बुधबार सेयर बजार केही सुस्ताउने संकेत देखिएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामा ३ अर्ब २१ करोडको कारोबार भएको छ । अघिल्लो दिन पहिलो घण्टा ६ अर्बको कारोबार भएको थियो ।

एक घण्टामा नेप्से परिसूचक ७ अंक घटेर २९९४ अंकमा कायम भएको छ । यतिबेलासम्म ७६ कम्पनीको मूल्य बढ्दा १७२ को घटेको छ । लगानी, अन्य र व्यापार झिनो अंकमा हरियो भएका छन् । अरु सबै समूह घटेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै १.४ प्रतिशत घटेको छ । दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, लुम्बिनी विकास बैंक, कालिका पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।