सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट बेपत्ता भएका १५ जनामध्ये चारजना पोखरामा भेटिएका छन् ।
उर्मिला हायुका परिवारका व्यक्तिहरू सोमबार पोखरामा भेटिएको खबर आएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । उनले भने, ‘चार जना छन् भन्ने जनकारी आएको छ । तर, कति जना छन् भन्नेबारे कास्की प्रहरीसँगको समन्वयमा यकिन गर्दै छौँ ।’ कास्कीका प्रहरी उपरीक्षक९एसपी० श्यामबावु ओलियाले पोखराको गगन गौंडा स्थित चन्द्र भण्डारीको घरमा ४ जना हायू परिवारका सदस्यहरू भेटिएको बताए ।
उनले भने, ‘चार जना एउटा घरमा बसेको खबर आएपछि त्यहाँ प्रहरी टोली पठाएको छु ।’ यसअघि करिब ४ महिना पहिलेदेखि काठमाडौँमा श्रीमान्सँग बस्दै आएकी उर्मिला हायूकी माइली छोरी २१ वर्षीया सुजता हायू प्रहरीको सम्पर्कमा आएकी थिइन् । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ ।




















