ताप्लेजुङमा जबरजस्ती करणी बलात्कार का घटना वृद्धि भएको पाइएको छ। प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी तथा करणीजन्य घटना वृद्धि भएको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा वर्षेनि जबरजस्ती करणीजन्य घटना बढेको पाइएको छ। गएको आर्थिक वर्ष २०८१र८२ मा मात्र जबरजस्तीजन्य २६ वटा घटना भएका छन्। उक्त सङ्ख्यामध्ये जबरजस्ती करणीका २१ र करणी उद्योगका पाँच वटा घटना भएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका बस्नेतका अनुसार जबरजस्ती करणी घटनामा ४० वर्ष उमेर नाघेका महिलादेखि नाबालिकासम्म पीडित छन्। अघिल्लो दई आव २०८०÷८१ र २०७९र८० मा १६–१६ वटा जबरजस्ती करणीका घटना भएका छन्। उक्त आवहरुमा पनि महिला र नाबालिकासम्म जबरजस्ती करणी घटनामा पीडित भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो तीन आर्थिक वर्षमा चोरी, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान र अभद्र व्यवहारका घटना पनि वृद्धि भएको पाइएको छ। गएको आवमा भवितब्य ज्यानसम्बन्धी ४१ वटा घटना भएका छन्। आव २०८०र८१ मा ५३ वटा र आव २०७९र८० मा ३८ वटा भवितव्यसम्बन्धी घटना भएको प्रहरीको तथ्याङ्क रहेको छ।
यस्तै आव २०७९र८० मा ३३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आव २०८०र८१ मा ४१ जनाले झुण्डिएर पासो लगाई आत्महत्या गरेका छन्। गएको आव २०८१र८२ मा भने २९ जनाले आत्महत्या गरेका छन्। आव २०८१र८२ मा अभद्र व्यवहारका ३२ वटा घटना हुँदा आव २०८०र८१ मा २४ वटा र २०७९र८० मा २१ वटा घटना भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















