कैलालीमा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्मभित्र रहेको पोखरीमा डुबेर तीन वर्षीय कुशल खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

डुबेर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।