नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको चौथो कारोबारमा ५ अंकले बढेको छ । बजार ५.१७ अंकले बढेर २,९७८.८८ विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । कारोबार सुरु भएको डेढ घण्टामा नौ अर्बको कारोबार भएको थियो । बन्द हुने बेलासम्म १९ अर्ब ५७ करोड ५२ poलाख रुपैयाँ माथिको सेयर किनबेच भएको छ ।

मंगलबार २० अर्ब आठ करोडको सेयर किनबेच भएको थियो । आज चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर एक लाख ७० हजार ३१८ पटकमा किनबेच भएको छ । जसमा ९८ कम्पनीको सेयरमूल्य बढ्दा १५२ कम्पनीको सेयरमूल्य घटेको छ ।

ट्रेड टावर, सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ग्रिन भेन्चर्स, लिबर्टी इनर्जी, वेस्ट फाइनान्स, जानकी फाइनान्स, समालिङ पावरको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ बैकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जीवन बिमा, माइक्रो फाइनान्स, निर्जीवन बिमा समूह सूचक घटेको छ । बाँकी समूह सूचक हरियो देखिएका छन् ।