हनी ट्रयाप’मा पारेर १४ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोपमा सुर्खेत प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० मोहनजंग बुढथापाले बताए ।
उनका अनुसार चन्दले ०८१ भदौ महिनामा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा बोलाएर चिनजान गरेकी थिइन् । प्रहरीका अनुसार, उनीहरूबिच सहमतिमै सम्बन्ध कायम भएको थियो ।तर, पछि चन्दले सोही सम्बन्धलाई हतियार बनाउँदै ती पुरुषलाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थालिन् ।
यसरी डर, त्रास देखाएर उनले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट जम्मा १४ लाख २५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




















