सेयर बजार मापक नेप्से परिसूचक एक वर्षअघिको उच्च विन्दुनजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार, आज नेप्से परिसूचक तीनहजार विन्दुनजिक पुगेको हो ।

मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३।७० विन्दुमा बन्द भएको छ । यो विन्दु ११ महिनायताकै उच्च हो । यसअघि, ०८१ भदौ ६ गते २,९७४.४६ विन्दुमा पुगेको थियो । भदौ ५ गते भने २,९६८.४४ विन्दुमा थियो । एक वर्षको उच्च विन्दु ३,०००.८१ हो ।

आज करोबार रकम चार अर्बले बढेको छ । यसदिन २० अर्ब आठ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज एक लाख ७७ हजार १०१ पटकमा चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर खरिदबिक्री भएको छ  । सोमबार एक लाख ३८ हजार ८२८ पटकमा तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिदबिक्री भएको थियो ।   

जसमा २३६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य ८ प्रतशितभन्दा बढीले वृद्धि भएको छ ।