नेपालले गत आर्थिक वर्ष २०८१र०८२ मा ३१ करोडको तास आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार ३१ करोड ३७ लाख ३६ हजार रुपैयाँको तास आयात भएको हो । उक्त आयात भएको तासबाट नेपालले १९ करोड १ लाख रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।  नेपालले एक वर्षमा १ करोड ८ लाख पिस तास आयात गरेको हो ।  सबैभन्दा धेरै तास चीनबाट १ करोड ३ लाख पिस आयात भएको छ । 

नेपालले भारत, हङकङ, बेलायत, इटाली, अमेरिका, आयरल्यान्ड लगायतबाट तास आयात गर्ने गरेको छ ।  नेपालमा तासलाई जुवाको रूपमा खेल्ने कानुनी रूपमा प्रतिबन्ध रहेको छ । दंसै, तिहार लगायत चाडपर्वमा तास विक्री उच्च हुने गरेको छ ।