सत्तारूढ नेपाली कांग्रेस भूमिसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने पक्षमा उभिएको छ । बुधबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने उल्लेख छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयक पारित गर्ने कार्यसूची हटाउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विधेयकलाई समितिमा पठाउनुपर्ने बताएका छन् । भूमि विधेयकसम्बन्धी विधेयकमा कांग्रेसका महामन्त्रीद्वय शर्मा र गगन थापासहितका सांसदले संशोधन राखेका छन् । सरकारले अध्यादेशमार्फत पारित गर्न नसकिएपछि भूमि विधेयकका रूपमा अघि बढाएको थियो ।




















