रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी पूर्वका २४ वर्षीय रोबर्ट न्यौपाने को समुद्रमा डुबेर मृत्यु भएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए। 

न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले  सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।