नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै कार्कीले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरू विचाराधीन रहेको बताएका हुन् । 

उनले ती मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापासँग तपाईँका योजना के छन् भन्दै प्रश्न गर्नुभयो । उनले भने, ‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरू पेण्डिङमा छन् । विचाराधीन छन् । ती मुद्दालाई अघि बढाउन के गर्नुपर्छ ? तपाईँको के सोचाई छ ?सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ । त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशङ्का छ । तपाईंले यी कुरा निरूपण गर्न के भूमिका रहन्छ ?’

समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।