अमेरिकाले आफूमाथि गरेको आक्रमणबाट इरान क्रोधित बनेको छ । यसको जवाफमा उसले पुनः इजरायलमाथि आक्रमण गर्न थालेको छ । इरानले आफ्नो देशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सुरु भएको पुष्टि इजरायली रक्षा बल ९आईडीएफ० ले गरेको छ ।

पछिल्लो २४ घण्टामा इरानले प्रत्यक्ष रूपमा क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । तेल अभिभमा साइरनको आवाज सुनिएको छ । सबै नागरिकहरूलाई सतर्क रहन सल्लाह दिइएको छ ।  आईडीएफका अनुसार, इरानले इजरायलतर्फ ४० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो एकल आक्रमण मानिएको छ । धेरै ठाउँमा क्षेप्यास्त्र खसेको रिपोर्ट आएको छ र राहत टोलीहरू त्यहाँ पुगेर घाइतेहरूको खोजी गरिरहेका छन् । 

इरानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू इजरायली वायुसेनाले देशको दक्षिणी भागमा खसालेको बताइएको छ । यी ड्रोनहरूका कारण, अरवा क्षेत्रमा साइरन बजेको र स्थानीय मानिसहरू आतङ्कित भएको भनिएको छ ।  केही सैन्य स्रोतहरूले भने इरानबाट इजरायलसम्म ड्रोनलाई पुग्न धेरै घण्टा लाग्ने भएकोले यी आक्रमणहरू अमेरिकी आक्रमण अघि गरिएको हुनसक्ने भनेका छन् ।