दुलारी युवा स्पोर्टिङ्ग क्लबको आयोजनामा जारी दोस्रो दुलारी कप नकआउट फुटबल प्रतियोगितामा सिदार्थ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। बिहिवार सम्पन्न खेलमा सुन्दर भेट्रान क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलमा सिदार्थ युवा क्लबका दिवस राई,कर्ण गुरुङ्ग,एडी लिम्बु र सुरेन राइले ब्यक्तिगत एक एक गाेल गरेका थिए भने सुन्दर भेट्रानका पदम बास्तोलाले सान्त्वना गोल फर्काए।
उत्कृष्ट प्रदर्शन गरेका सिदार्थ युवा क्लबका दिवस राई ‘म्यान अफ दी म्याच’ घोषित भए। आयोजक क्लबले उनलाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गर्यो।
प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ। विजेता टिमले ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता अन्तर्गत जेठ ६ गतेको खेल खाेक्सी युवा क्लब र गैरी युवा स्पाेटिङ्ग क्लब बीच हुने कार्यक्रम संयोजक बालकृष्ण रायमाझीले जानकारी दिएका छन्।




















