इटहरी । इटहरीमा जारी पहिलो अन्तरपालिका सभापतीकप फुटबल प्रतियोगितामा दुहबी नगरपालिका सेमिफाइनलमा प्रबेश गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै दुहबी सेमिफाइनलमा प्रबेश गरेको हो ।
निर्धारित समय दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
खेलको म्यानअफद म्याच दुहबीका गोलकिपर पर्वत राजभर घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । शनिबारहुने अन्तीम क्वाटर फाइनल खेल केराबारी नगरपालिका र रामधुनी नगरपालिका बिच हुने आयोजक इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाका ८ पालिकाको सहभागीता छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले संयोजन गरेको प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ५५ हजार रुपैया नगद प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै बिधागत उत्कृष्ट हुनेले नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।




















