इटहरी  : सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य अझै फेला परेका छैनन् । वैशाख ८ गते (सोमबार) बिहान करिब ८ः३० बजे नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए ।

सप्तकोशीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि  अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । उनले भने, “मानीस बगेको खबर पाएलगत्तै स्थानीयवासी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजीकार्य जारी छ ।”

बराह क्षेत्र मन्दिरमा पूजा गर्न गएका उनीहरू नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । उनिहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।