हालै गरिएको विभिन्न अनुसन्धानहरूले देखाएको छ कि दैनिक ३० मिनेटको व्यायामले मुटुको रोगको सम्भावना उल्लेखनीय रूपमा घटाउन सक्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, मध्यम गतिको व्यायामले शरीरलाई चुस्त राख्ने मात्र होइन, मुटुको कार्यक्षमता पनि सुधार गर्छ। व्यायामको नियमित अभ्यासले उच्च रक्तचाप नियन्त्रण गर्छ, कोलेस्ट्रोलको मात्रा सन्तुलनमा राख्छ, र मुटुको धमनीहरू स्वस्थ राख्न मद्दत गर्छ।

व्यायामको प्रभाव

नयाँ अनुसन्धानका अनुसार, जो मानिसहरू दैनिक ३० मिनेट व्यायाम गर्छन्, उनीहरूमा मुटुको रोगको जोखिम २५(३०५ सम्म घट्न सक्छ।  हप्तामा कम्तीमा १५० मिनेट मध्यम गतिका व्यायाम ९जस्तै, हिँडाइ, साइकलिङ, वा योग वा ७५ मिनेट तीव्र व्यायाम जस्तै, दौड, तिव्र एरोबिक्स गर्दा मुटु स्वस्थ रहन्छ।

मुटु रोगको जोखिम घटाउने मुख्य लाभहरू

 -रक्तसञ्चार सुधार गर्छ

नियमित व्यायाम गर्दा रक्तसञ्चार राम्रो हुन्छ, जसले मुटुको कार्यसम्पादन बढाउँछ।

धमनीहरू बलियो र लोचदार रहन्छन्, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

-कोलेस्ट्रोल सन्तुलनमा राख्छ

व्यायामले शरीरमा रहेको खराब कोलेस्ट्रोल ९ीम्ी० घटाउँछ र राम्रो कोलेस्ट्रोल  बढाउँछ।

यसले मुटुमा कोलेस्ट्रोल जम्ने समस्या रोक्छ, जसले हृदयघातको सम्भावना कम गर्छ।

-रक्तचाप नियन्त्रण गर्छ

उच्च रक्तचाप मुटुको रोगको प्रमुख कारण हो।

व्यायाम गर्दा रक्तनलीहरू फराकिला रहन्छन्, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

-तौल नियन्त्रण गर्न मद्दत गर्छ

मोटोपन मुटुको रोगको जोखिम बढाउने प्रमुख कारणहरूमध्ये एक हो।

व्यायामले क्यालोरी जलाउँछ र तौल सन्तुलनमा राख्न मद्दत गर्छ।

तनाव, डिप्रेसन, र एन्जाइटी मुटु रोगका कारणहरू हुन्।

व्यायामले स्ट्रेस हर्मोन घटाउँछ र मनोबल उच्च राख्छ, जसले मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्छ।

-कस्तो व्यायाम उपयोगी हुन्छ

हिँड्ने वा दौडने :न्यूनतम ३० मिनेटको पैदल यात्रा वा हल्का दौडले मुटु बलियो राख्छ।

योग र ध्यान :रक्तचाप घटाउन र हृदय दर सन्तुलित राख्न मद्दत गर्छ।

साइकल चलाउने: यो मुटुका लागि राम्रो कार्डियो व्यायाम हो।

तीव्र व्यायाम : छोटो समयमै प्रभावकारी हुने व्यायाम, विशेषगरी समय कम हुनेहरूका लागि उपयोगी।