एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले गरेका छन्।

 देशभरका करिब एक हजार पत्रकार महाधिवेशनमा सहभागी भएका छन्। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरूको उपस्थिति रहेको छ। कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुका साथै विभिन्न पुरस्कार पनि प्रदान गरिएको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी पेश गर्ने तयारी गरेका छन्।