घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध म्यानमारले दोस्रो हाफमा २–० को अग्रता बनाएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।

६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।