इटहरी । ट्राफिक व्यवस्थापन पछिल्लो समय चुनौतीपूर्ण रहेको र सवारी दुर्घटनाका घटना बढी रहेको बेला सुनसरीको इटहरीमा नेपाल यातायात मजदुर संघ र नेपाल यातायाता स्वतन्त्र मजदुर संगठनले दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा चेतना जागरण अभियानको थालनी गरेको छ । 

सडकमा सवारी संचान गरिरहँदा दुर्घटना हुने र यसको क्षती कतिपय अवस्थामा डर लाग्दो हुने गरेकोले यस लाई न्युनिकरण गर्न जागरण अभियानको थालनी गरेको मजदुर संघठनले बताएका छन् । संगठनले यस्तो प्रकारका कार्ययक्र प्रदेश भरी आयोजना गरीने जानकारी दिएको छ । 

कोशी प्रदेशका आन्तरीक मामीता तथा कानुन मन्त्री रेवती भण्डारीले कोशी प्रदेश सरकार दुर्घटना न्युनिकरण अभियानमा प्रतिबद्द रहेको बताएका छन् । उनले सरोकार वालासबै सँग छलफल गरी काम अगाडी वढाईने बताएका छन् । उनले सडकमा इ रिक्साको कारण पनि दुर्घटनाका घटना बढेको भन्दै यसको पनि दिर्घकालीन समाधानमा प्रदेश सरकार लागेको बताएका छन् । 

यातायात मदुर संघठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले कार्यक्रममा सहभागी यातायाता मजुद लाई दुर्घटना र त्यस पछिको क्षती बारे भिडियो बाट प्रस्तुती दिएका थिए । करीव एक सय मजदुरले कार्यक्रममा सहभागीता जनाएका थिए ।