मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहँदै बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। तराईका धेरै स्थानमा भने बिहानै देखी हुस्सु लागेको देखिएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने छ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।




















