साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपाल दोस्रो खेलमा मालदिभ्सलाई ११—० ले पराजित गरेको थियो । आज समूह चरणको तेस्रो खेल जित्दै नेपाल अन्तिम चारमा पुग्ने दाउमा छ । आज हुने पहिलो खेलमा भुटान र मालदिभ्सबिच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।




















