सन् १९६४ मा टोकियोबाट ओलम्पिक यात्रा आरम्भ गरेको नेपालले ठीक ६० वर्षपछि पहिलो पदक हात पारेको छ, पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले जितिन् कांस्य पदक पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पदक जितेकी हुन् ।
पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो ।
पेरिस पारा ओलम्पिकमा कांस्य विजेता पलेशा गोवर्धन । नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको यो ऐतिहासिक र पहिलो ठूलो पदक हो ।




















