साफ यु(२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २(१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे ।

नेपाल र बंगलादेश यसअघि न‌ै सेमिफाईनल प्रवेश गरिसकेका थिए । यो खेल समूह विजेताका लागि थियो । जहाँ घरेलु टोली नेपालले बाजी मार्‍यो ।

नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ समूह चरणबाट बाहिरिसकेको छ । नेपालको सेमिफाईनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि टुङ्गो लाग्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको जारी नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर, बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।

नेपालका लागि १७ मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।