साफ यू(२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेताका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले २-१ गोलको अग्रता लिएको छ।
खेलमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो।
त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्राप्त पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए । बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्यो।




















