इटहरी । पूर्वी तराईमा केही दिन यता गर्मी बढेसँगै जनजिवन प्रभावित बन्न थालेको छ । दुई दिन देखि बढेको अत्यधिक गर्मीका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आएको छ ।
चर्को घामसँगै बढेको गर्मीका कारण मानिसहरुलाई दैनिक जिवनयापन गर्नका लागि समस्या हुन थालेको छ । गर्मीका कारण आफ्नो दैनिक कामकाजमा बजार निस्कने मानिसहरुको कमी हुदै गएको छ । गर्मी छल्न आर्थिक स्थिती राम्रो भएका मानिसहरु एसि तथा पखांमा बसेर काम गर्छन तर आफ्नो विहानवेलुकाको खानाको जोहोका लागि भने मजदुरवर्गहरु भने चर्को घाममै पसिना चुहाउँदै काम गर्न विवश छन् । शुक्रबार सुनसरीमा ३५ डिग्री सेल्सीएस तापक्रम मापन गरीएको थियो भने यो तापत्रम अझकेही दिन वढ्ने अनुमान मौसमविधले गरेका छन् ।
सुनसरीका बजार क्षेत्रमा काम गर्ने मजदुरहरु आफ्नो दैनिक जिविका चलाउनका लागि चर्को घाममा काम गर्न बाध्य छन् । चर्को घाम भनेरपनी नहुने काम नगरि घर खर्च चलाउन पनि गाह्रो हुने मजदुरहरुको भनाई छ ।
इटा, ढुंगा बोक्ने, मसला बोक्ने महिला मजदुर झन् प्रभावित बन्छन् । दिनभरी काम गर्दा गाह्रो हुने भएकाले केही समय काम गरेपछि शितलमा बस्दै काम गर्दै गर्नुपर्ने बाध्यता उनीहरुको छ । दिनभरी घाममा काम गर्न उनिहरुलाई यतिवेला धेरै गाहे हुने गर्दछ । अझ फलामको काम गर्न अझ गाह्रो हुने निर्माण मजदुरहरु बताउँछन् ।
विहानै देखी लाग्ने चर्को घामका कारण आफ्नो दैनिकी कामकाजमा समेत असरपरेको बजारमा भेटीएका स्थानीय वताउछन् ।
दिनप्रतिदिन तापक्रमको मात्रा पनि बढ्दै गएको छ । गर्मीबाट बच्न मानिसहरु विभिन्न उपायहरुको प्रयोग गदैछन् । तर मजदुरीको क्षेत्रमा काम गर्ने लाई भने गर्मीले सास्तीनै दिएकोछ ।




















