इटहरी : युएईको चौथो विकेट पतन भएको छ। कप्तान इन्दु बर्माले समाइरा धर्निधार्काको विकेट लएकी हुन्। उनले कविता कुँवरमार्फत क्याच गराएकी हुन्। समाइरा १३ रन बनाएर पेभेलियन फर्किएका छन्।

इन्दुले व्यक्तिगत दोस्रो विकेट लिएकी हुन्। श्रीलंका जारी खेलमा यसअघि इन्दुले युएईकी तिर्थ सतिसको विकेट लिएकी थिइन्। तिर्थ ९ रन बनाएर आउट भएकी हुन्।

त्यसअघि सबनम राईले युएईका रिनिथा रजिथलाई बोल्ड गरेकी थिइन्। रजिता ६ रन बनाएर पेभेलियन फर्किइन्। नेपालले दोस्रो ओभरको पाँचौं बलमा युएईका इशा ओजालाई रनआउट गरेको थियो। ओजाले दुई चौकासहित ११ रन बनाइन्।

महिला एसिया कपको पहिलो खेलमा नेपालले युएईको सामना गरिरहेको छ। समूह एमा रहेको नेपालले युएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ।