राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर नख्खु कारागार फर्किएका छन् ।

जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । 

शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएर उनी साँझ ५ बजेतिर कारागार पुगेका थिए। 

रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारीअनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन्।