धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को।२ च।२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो । घाइते हुनेहरुमा ८ बस्ने १४ वर्षीया सविना डङ्गोल ६४ वर्षीया चन्द्र भक्त डङ्गोल, टेकनाला बस्ने ३५ वर्षीया हरिबहादुर डङ्गोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीया गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका(८ बस्ने ७२ वर्षीया मोहन डङ्गोल, सोही स्थान बस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा(७ बस्ने २७ वर्षीया राम श्रेष्ठ र ३८ वर्षीया जितबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
यस्तै साँघुरीगढी गाउँपालिका–१, बस्ने १६ वर्षीया निशु लिम्बू, धनकुटा(८, बस्ने १५ वर्षीया रिमा डङ्गोल, धनकुटा(७ बस्ने २२ वर्षीय राजन राई, सहीदभूमि गाउँपालिका ४ बस्ने २४ वर्षीय अतिस राई, छथरजोरपाटी गाउँपालिका–६ बस्ने २४ वर्षीय प्रकाश श्रेष्ठ, धनकुटा(८ बस्ने १८ वर्षीय रोजिन डङ्गोल, धनकुटा मूलघाट बस्ने १२ वर्षीया रोनिया श्रेष्ठ, धनकुटा(८ बस्ने ५६ वर्षीय रमेश कर्मचार्य, छथरजोरपाटी गाउँपालिका(६ सिँधुवा बस्ने १६ वर्षीय शिव श्रेष्ठ, धनकुटा(८ बस्ने १४ वर्षीया सविना डङ्गोल, धनकुटा मूलघाट बस्ने १५ वर्षीया रोनिता श्रेष्ठ, धनकुटा(८ बस्ने १७ वर्षीया रिमा डङ्गोल र सोही ठाउँ बस्ने १३ वर्षीया रितेश डङ्गोल छन् ।
घाइते हुनेहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उहाँहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको क्षेत्रीले जानकारी दिए । घाइते हुनेहरुमध्ये तीनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ। उहाँका अनुसार दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको छ ।




















