अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२८० रुपैयाँ रहेको चाँदी आज २३०५ रुपैयाँ कायम भएको छ ।




















