मोरङको पथरीशनिश्चरे नगरपालिका–२, सरस्वती टोलबाट  जरायोको सिङ बरामद गरिएको छ । लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले तीनजोर ६ वटा सिङ बरामद गरेको हो ।

स्थानीय ३१ वर्षीय निरज गुरुङको घरमा खानतलासी गर्दा सिङहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । सिङसँगै प्रहरीले निरज र २४ वर्षीय विजय राईलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।