खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो ।