यमनमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार डुङ्गामा अधिकांश इथियोपियालीहरू थिए भने डुङ्गा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।
हालसम्म डुङ्गामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।




















