संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार
१. कानुन, न्याय तथा मानव अधिकार समिति
दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आ।व। २०८२र८३–२०८६र८७० को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ।
२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
बिहान १० बजे सुरु हुने यस समितिको बैठकमा ूभूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ू मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।
३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
उक्त समितिको बैठकमा ूमिडिया काउन्सिल विधेयक, २०८०ू का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ।
४.सार्वजनिक लेखा समिति
बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।
५. विधायन व्यवस्थापन समिति
बिहान ११स्३० बजे बस्ने ९९औँ बैठकमा जलस्रोत विधेयक, २०८१ू माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।




















