काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । 

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।’ घटनास्थलमा मोबाइल पनि भेटिएको छ । मृतकले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।