भियतनाममा पर्यटक बोकेको डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । धेरै व्यक्ति अझै बेपत्ता छन् । भियतनामको उत्तरी भागमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा डुंगा दुर्घटना भएको हो । खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । उद्धारकर्मीहरूका अनुसार, ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको छ । भारी वर्षाका कारण बेपत्ताहरूको खोजीकार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए ।