पुटिनले पश्चिमा देशले उनको शान्ति स्थापनाका सर्तहरूमा सहमति नजनाएसम्म युक्रेनमा युद्ध जारी राख्ने योजना बनाए

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले उनको शान्ति स्थापनाका सर्तहरूमा सहमति नजनाएसम्म युक्रेनमा युद्ध जारी राख्ने योजना बनाएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिबन्धको धम्कीको पनि उनी विचलित बनेका छैनन् । रुसी सेनाअघि बढ्दै जाँदा उनको क्षेत्रीय मागहरू विस्तार हुनसक्ने क्रेमलिननजिकका तीन स्रोतले बताएको रोयटर्सले जनाएको छ ।   

रुसको अर्थतन्त्र र सैन्य शक्ति पश्चिमले गर्ने थप कुनै पनि कदमलाई सामना गर्न पर्याप्त रहेको पुटिनको विश्लेषण छ ।