नेपाली कांग्रेसको अनुशासन समितिका दुई सदस्यले निर्वाचन अन्तर्घात गरेको आरोपमा नेताहरूमाथि गरिएको कारबाहीमा असहमति जनाएका छन् ।

समितिका सदस्यहरू सन्जय गौतम र राजीव कोइरालाले कारबाहीका नाममा विधान विपरीत कुनै प्रक्रिया नै पूरा नगरी कठोर निर्णय गर्दा पार्टीमा झन ठूलो समस्या आउनेतर्फ सचेत हुन आग्रह पनि गरेका छन् ।

विगतमा विभिन्न तहका बागी उम्मेदवारहरूलाई उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनको समयमा उन्मुक्ति दिइएको स्मरण पनि गराएका छन् ।

त्यसैले पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गर्दा तेरो वा मेरो, ठूलो वा सानो भन्ने भावना राखेर दोहोरो-तेहरो मापदण्ड बनाएर निर्णय गर्दा गम्भीर र प्रत्युत्पादकहरू हुन्छ भन्ने निष्कर्ष पनि निकालेका छन् ।

बहुमतका निर्णयहरू अति नै पूर्वाग्रही भएको भन्दै सचेत गराउने बाहेक सम्पूर्ण निर्णयहरूप्रति दुवै जनाले असहमति जनाएका छन् ।

उनीहरूले पार्टीको कारबाहीमा परेका नेताहरू अन्तिम पटक सचेत गराएर आम माफी दिन पार्टीका लागि उपयुक्त हुने निष्कर्ष पनि निकालेका छन् ।

apap

asadad