उदयपुरमा नुहाउने क्रममा त्रियुगा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव भेटिएको छ । सोमबार साँझ बेपत्ता भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६, कालीखोलाका ३० वर्षीय सुरज राईको शव मंगलबार दिउँसो भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बबिन राईका अनुसार चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा सुरज बेपत्ता भएका थिए ।
इन्स्पेक्टर राईले भने, ‘सशस्त्र प्रहरी बल एक नम्बर बराहा बाहिनी इटहरीका सई लेकजंग कार्की नेतृत्वको गोताखोर टोलीले पानीमुनिबाट शव निकालेको हो ।’




















