जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको हो ।  पोखरीमा नुहाउने क्रममा आज बिहान डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।  नुहाउने क्रममा डुबेपछि उनीहरुलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए ।  

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । रासस