चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ ।  लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ । 

नदी किनारमा रहेको भन्सारको यार्ड ९ड्राइपोट०मा बाढीले व्यापक क्षति गरेको छ । त्यहाँ  रहेका करिब १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।  यस्तै कतिपय मानिसहरु समेत बगाएको आशंका गरिएपनि अहिलेसम्म आधिकारिक पुष्टि भने हुन बाँकी रहेको उनको भनाइ छ । 

बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् ।