अमेरिकी राज्य टेक्सासमा हालै आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेअनुसार कुल मृतक सङ्ख्या ९४ पुगेको हो।

केन्डल काउन्टीबाट प्राप्त पछिल्लो विवरणअनुसार त्यहाँ मात्र ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। काउन्टी आपत्कालीन व्यवस्थापन कार्यालयले एक प्रेस विज्ञप्तिमार्फत उद्धार, राहत र पुनः स्थापना कार्यहरू तीव्र रूपमा अगाडि बढाइएको जनाएको छ । तर स्रोत र जनशक्ति सीमित भएकाले केही ढिलाइ हुन सक्ने बताइएको छ। “हामी जनताबाट प्राप्त सन्देशहरूमाथि ध्यान दिइरहेका छौँ, तर हाम्रो सबै स्रोत हाल आपत्कालीन कार्यमा खटिएका छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।