सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । 

सोमबार दिउँसो बालुवाटारमा भएको भेटवार्तामा संरक्षक चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको बताएका थिए । साथै उनले सङ्घीय सरकारलाई आफ्नो पार्टीले दिएको समर्थनबारे समेत विचार गर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ । 

यसअघि सुदूरपश्चिमका मन्त्री हटाएको भन्दै रेशम र अध्यक्ष रञ्जिताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा बस्ने बताएका थिए ।